सोमालियामा भोकमरीका कारण १ सय १० को मृत्यु

भक्तपुर न्यूज

२२ फागुन २०७३ १०:०६

सोमालियामा भोकमरीका कारण १ सय १० को मृत्यु

एजेन्सी, २२ फागुन । सोमालियामा भोकमरीका कारण एक सय १० जनाको मृत्यु भएको छ । पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको मृत्यु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको बिबिसीले जनाएको छ ।
सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ । अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको ज्यान गएको थियो ।
त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । सोमालिया सहित नाइजेरिया, दक्षिणी सुडान र यमन अहिले भोकमरीको गम्भीर चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले भोकमरीको चपेटामा रहेका मानिसको सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *