६ अर्ब ८४ करोड ठगी गरेको आरोपमा मुम्बई प्रहरीद्वारा एक नेपाली व्यापारी पक्राउ

भक्तपुर न्यूज

९ भदौ २०७८ ८:१७

६ अर्ब ८४ करोड ठगी गरेको आरोपमा मुम्बई प्रहरीद्वारा एक नेपाली व्यापारी पक्राउ

काठमाडौं । मुम्बई प्रहरीले एक जना नेपाली व्यापारीलाई पक्राउ गरेको भारतीय अखबार टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । पक्राउ पर्ने नेपाली व्यापारीमा ५५ वर्षीय नन्दलाल केसर सिंह रहेका छन् । उनी बिभिन्न कम्पनीको अध्यक्ष रहेको दाबी समाचारमा गरिएको छ ।

सिंहले भारतका बिभिन्न राज्यमा धेरै मानिसलाई ठगि गरेको जनाइएको छ । उनीमाथि ६ अर्ब ८४ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ। सिंहलाई मुम्बइको नरिमन पोइन्टस्थित ट्राइडेन्स होटलबाट पक्राउ गरिएको बताइएको छ ।

उनले आफूलाई पक्राउ गर्न आएका मुम्बई क्राइम ब्रान्चका प्रहरीलाई छोड्नको लागि ५० लाख भारतीय रुपैयाँ घुस प्रस्ताव गरेको समेत समाचारमा उल्लेख छ ।

उनी केरला, कर्नाटका र गुजरात राज्यमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका थिए । केरला प्रहरीमा उनीविरुद्ध सन् २०१८ मा उजुरी परेको थियो । उनी नेपाल, भारत, अमेरिका र बेलायतमा बस्दै आएका थिए । एजेन्सी

प्रकाशित मितिः २०७८ भाद्र ९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय