काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटका लागि वेल्सले टिम घोषणा गरेको छ ।
वेल्स एफएले विश्वकप छनोटका लागि २७ सदस्यीय टिमको घोषणा गरेको हो । वेल्सको केयर टेकर प्रशिक्षक रोब पेजले घोषणा गरेको टिममा कप्तान ग्यारेथ बेल र आरोन रामसे अटाएका छन् ।
दुबै खेलाडीले २०१९ पछि छनोट खेल खेलेका थिएनन् । तर, उनीहरु युरोकप २०२० मा टिममा रहेका थिए । युरोमा वेल्स अन्तिम १६ सम्म पुगेको थियो ।
विश्वकप छनोटमा वेल्सले सेप्टेम्बरमा बेलारुस र इस्टोनियासँग खेल्नेछ । वेल्सले बेलारुससँग सेप्टेम्बर ५ र इस्टोनियासँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
त्यसअघि वेल्सले सेप्टेम्बर १ मा फिनल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७८ भाद्र ९ बुधबार
Comments