राष्ट्रियताको सवालमा एमाले नझुक्ने : ओली

भक्तपुर न्यूज

२२ फागुन २०७३ ९:३९

राष्ट्रियताको सवालमा एमाले नझुक्ने : ओली

काठमाडौं २२ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सरकारबाट हटे पनि जनताको मनबाट नहटेको बताएका छन्। मेची-महाकाली अभियान अन्तर्गत आइतबार मोरङको विरटाचोकको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले भनेपछि के बाल के युवा के वृद्ध सबै हुरूक्कै हुने बताए।

गाउँ-गाउँबाट अभियानमा सहभागी हुन आग्रह गर्दै ओलीले भने,गाडी हुनेहरू गाडी लिएर आउ, मोटरसाइकल हुनेहरू मोटरसाइकल लिएर आउ केही नहुनेहरू मोटरसाइकलको पछाडी बसेर आउ या बसमा आउ , उनले भने,‘जसरी भएपनि हाम्रो अभियानमा सहभागी भएर देखाउँ। उनले राष्ट्रियताको सवालमा कुनै पनि हालतमा एमाले नझुक्ने भन्दै यो एउटा राष्ट्रियताको लडाइँसमेत भएबो बताए। उनले आफ्नो अभियान कसैले रोकेर र भाँडेर नरोकिने भन्दै जसरी भए पनि पुरा गरेरै छोड्ने बताए।

यस्तै संसदीय दलका उप नेता सुवास नेम्बाङले हामीले संविधानलाई सर्वस्वीकार्य बनाएका भन्दै यही कुरा जनतालाई बुझाउन हिँडेका बताए। हामीले के पहाड, के तराई के हिमाल सबैका लागि सर्वस्वीकार्य संविधान बनाएका हौ, उनले भने, यही कुरा जनतालाई भन्न हामी देश दौडाहामा छौ। यस्तै एमालेका अर्का नेता भीम रावलले नेपाली भाषालाई कमजोर बनाएर हिन्दी भाषालाई ल्याउन खोजेको भन्दै यस्तो अभियानलाई एमालेले कहिलै नमान्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *