माइक्रो दुर्घटनामा परि ७ जना यात्रु घाइते

भक्तपुर न्यूज

८ भदौ २०७८ ५:३८

माइक्रो दुर्घटनामा परि ७ जना यात्रु घाइते

काठमाडौं । काठमाडौंको रवि भवनमा निलो माइक्रो दुर्घटना भएको छ।

कलंकीबाट रत्नपार्क आउँदै गरेको बा १ ज ६४०३ नम्बरको निलो माइक्रो दुर्घटना भएको हो। दुर्घटनामा परि ७ जना यात्रु सामान्य घाइते भएका छन्।

ुब्रेक फेल हुँदा दुर्घटना भएको चालकले जानकारी दिएको छ। थप बुझ्दै छौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले जानकारी दिए।

दुर्घटना हुँदा पार्किङ गरी राखिएको दुई वटा मोटरसाइकलमा समेत क्षति पुगेको छ।

प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय