इटालियन सिरी ए फुटबलमा एसी मिलानको विजयी सुरुवात

भक्तपुर न्यूज

८ भदौ २०७८ ४:१९

इटालियन सिरी ए फुटबलमा एसी मिलानको विजयी सुरुवात

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ ।

सोमबार राति साम्पडोरियालाई १-० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा डियाजले गोल गरेका थिए । जुन गोल मिलानको जितमा निर्णायक बन्यो ।

यस जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ । साम्पडोरियाले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय