एमएड पहिलो सेमेस्टरमा भर्ना हुन भदौ ३१ सम्म अनलाइन फारम बुझाउन सकिने

भक्तपुर न्यूज

६ भदौ २०७८ ८:२८

एमएड पहिलो सेमेस्टरमा भर्ना हुन भदौ ३१ सम्म अनलाइन फारम बुझाउन सकिने

काठमाडौैं । त्रिभुवन विश्वविद्यालयले एमएड प्रथम समेस्टरमा भर्नाका लागि अनलाइन फारम बुझाउने म्याद थप गरेको छ । त्रिविअन्तर्गत शिक्षा शास्त्र संकायले एक सूचना जारी गर्दै भदौ ३१ सम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।

अनलाइन आवेदन फारम यस संकायको वेबसाइटमा गई इन्ट्रान्स रजिस्ट्रेसन गरी भर्न सकिने व्यवस्था छ ।यसका साथै वेबसाइटबाट फारम भर्न असमर्थ विद्यार्थीहरुले आफूले पढ्न चाहेको क्याम्पसमा भौतिक रुपमा सम्पर्क गरी फारम भर्ने व्यवस्था गरिएको जनाइएको छ ।

भदौ ३१ सम्म फारम नबुझाउने विद्यार्थीले दोब्बर रकम तिरी असोज ५ सम्म फारम बुझाउन सक्नेछन् ।

प्रकाशित मितिः २०७८ भदौ ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *