बाढी पहिरो लगायत मनसुनी विपतमा परि ७४ जनाको मृत्यु, ३५ जना बेपत्ता

भक्तपुर न्यूज

४ भदौ २०७८ ११:१६

बाढी पहिरो लगायत मनसुनी विपतमा परि ७४ जनाको मृत्यु, ३५ जना बेपत्ता

काठमाडौं । यसवर्ष मनसुन सुरु भएको दुई महिनामा देशभर बाढी, पहिरो र भारी वर्षाका कारण ७४ जनाले ज्यान गुमाएका छन् ।

२०७८ जेठ २८ देखि साउन ३२ गतेसम्मको अवधिमा रेकर्ड भएका ४५१ वटा बाढी, पहिरो र भारी वर्षाका घटनामा उनीहरुले ज्यान गुमाएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ३५ जना बेपत्ता र ९१ जना घाइते भएका छन् ।

मनसुन सुरु भएपछिको दुई महिनाको अवधिमा बाढीमा परी २९, पहिरोमा परी ४० र भारी वर्षाका कारण ५ जनाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ । उक्त समयमा बाढीमा परी २८ र पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।

प्रकाशित मितिः २०७८ भदौ ०४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय