श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन
भक्तपुर २२ फागुन । परम्परागत नृत्य तथा वाध्य गुरु एवँ जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरेको छ । ओस्ला नेपालको संयोजनमा मध्यपुर थिमिका १०१ सामाजिक संघसंस्थाको सहयोग एवं सहभागितामा उहाँको ८७ औं जन्मोत्सवको अवसर पारेर शताब्दी पुरुष एवं संस्कृतविद सत्यमोहन जोशीको हातबाट उनलाई भव्य नागरिक अभिनन्दन गरिएको हो ।
सुन र चाँदीबाट निर्माण भएको १ लाख ५ हजारमा निर्माण गरिएको अभिनन्दन पत्र प्रदान गरी दोसल्ला ओढाएर उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा श्रीगोपाल प्रजापतिको तस्बिर अंकित चाँदीको सिक्का सार्वजनिक गरिएको छ भने श्रीगोपाल प्रजापतिको आत्मवृतान्त समेटिएको अनवरत साँस्कृतिक पाइला नामक पुस्तक र नागरिक अभिनन्दन स्मारिका सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९