बाग्मतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त
काठमाडौं । बाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।
प्रकाशित मितिः २०७८ भदौ ०४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
