लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो
एजेन्सी, २२ फागुन । लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई ३–१ ले हराउँदै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा रोबर्टो फिरमिनो, साडियो माने र जर्जिनियो विनाल्डमले एक एक गोल गरे । आर्सनलका लागि ड्यानी वेलबेकले एक गोल फर्काए ।
जितपछि लिभरपुल २७ खेलबाट ५२ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने ५० अंकसहित आर्सनल पाँचौं स्थानमा झरेको छ । आर्सनलले एक खेल कम खेलेको छ ।
राति नै भएका अरु खेलमा स्टोक सिटीले मिडल्सबर्गलाई २–०, स्वान्सी सिटीले बर्नलीलाई ३–२, साउथह्यामप्टनले वाट्फोर्डलाई ४–३ तथा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई २–० ले हरायो । त्यसअघि भएको खेलमा म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग १–१ को बराबरीमा रोकियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९