अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन
काठमाडौं । अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ ।
रोक्काको बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए।
एक साताअघि उनको कोरोना रिपोट नेगेटिभ आएको थियो। कोरोना रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो।
चन्दागिरि-१ दहचोकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन्।
घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए। उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन्।
उनको आजै दहचोकस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ।
प्रकाशित मितिः २०७८ भदौ ०३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
