दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

भक्तपुर न्यूज

२ भदौ २०७८ ११:२९

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताका लागि आयोग गएको छ ।

प्रकाशित मितिः २०७८ भाद्र २ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय