निर्वाचनको कारण कक्षा ११ को परीक्षा सर्याे, यस्तो आयो तालिका
भक्तपुर, २० फागुन । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते घोषणा गरेसँगै कक्षा ११ को परीक्षा प्रभावित बनेको छ । राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष कुमार अर्यालले बैशाखमै स्थानिय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को अन्तिम परीक्षा असारमा सारिएको बताए ।
बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गरिने कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने बोर्डको निर्णय भएको उनले बताए । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत नै राख्दै वैशाख १० गतेदेखि २२ गतेसम्म संचालन गर्ने भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५