त्रिवि र इजरायलको तेल अविव विश्वविद्यालयबीच सहकार्य हुने

भक्तपुर न्यूज

२ भदौ २०७८ ७:०८

त्रिवि र इजरायलको तेल अविव विश्वविद्यालयबीच सहकार्य हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र इजरायलको तेल अविव विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुवै विश्वविद्यालयका पदाधिकारीले मंगलबार हस्ताक्षर गरेका छन् ।

नेपाल र इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सघन तुल्याउने लक्ष्य रहेको बताइएको छ । समझदारीपत्रमा त्रिविका तर्फबाट रेक्टर शिवप्रसाद भुसाल र तेल अविव विश्वविद्यालयका तर्फबाट उपाध्यक्ष प्रोफेसर मिलेटे सामिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यालय र अन्तर्गतका संकायरविभाग, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूबीच अनुभव आदान–प्रदान गर्ने सहमति भएको तेल अविवस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सोही अवसरमा त्रिविअन्तर्गतको पुलचोक इन्जिनियरिङ क्याम्पस र तेल अविव विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारी पत्रसमेत सार्वजनिक गरिएको थियो ।

उक्त कार्यक्रममा इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्यले कूटनीतिक सम्बन्धको ६ दशकदेखि सुमधुर रहिआएको दुई देशको सम्बन्ध पछिल्ला दिन विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको भन्दै खुसी व्यक्त गरिन् ।

प्रकाशित मितिः २०७८ साउन २ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *