स्थानीय चुनावको लागि ११३ दलले निर्वाचन आयोगमा विवरण पेश गरे
काठमाडौं, २० फागुन । आउँदो बैशाख ३१ गते हुने स्थानीय चुनावको लागि ११३ दलले निर्वाचन आयोगमा विवरण पेश गरेका छन् । संविधान संशोधनको माग गर्दै आएका मधेसी मोर्चामा आबद्ध ६ वटा दलले भने आयोगमा दल दर्ता गराएनन् ।
तर ती दलहरुले जिल्ला र क्षेत्रमा नाम दर्ता गराएका छन् । जिल्ला र क्षेत्रमा दर्ता गराएकाले उनीहरुले पनि चुनावमा भाग लिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
