३९ लाख रुपैयाँ ठगी गरेको आरोप एक जना पक्राउ

भक्तपुर न्यूज

३२ साउन २०७८ ११:४०

३९ लाख रुपैयाँ ठगी गरेको आरोप एक जना पक्राउ

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तान छन्।

उनले काभ्रेको चिसापानीका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिसामा कम्बोडिया पठाइदिने भनेर ३९ लाख रुपैयाँ ठगी गरेका थिए। भिजिट भिसामा कम्बोडिया पठाउने र क्यासिनोमा काम लगाइदिने भन्दै उनले ठगी गरेका थिए।

रकम लिएपछि बेपत्ता भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित मितिः २०७८ साउन ३२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय