दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ भिडियो सार्वजनिक (भिडियोसहित )

भक्तपुर न्यूज

२९ साउन २०७८ ९:३६

दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ भिडियो सार्वजनिक (भिडियोसहित  )

काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हलितालिका तीज नजिकिएसँगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ, भने कोरोनाका कारण फिल्म ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय कलाकर एवं निर्देशक दिपाश्री निरौला पनि म्युजिक भिडियोतर्फ देखिन थालेकी छिन् । दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

श्रीकृष्ण बम मल्लको शब्द ,संगीत रहेको ‘दिदी बहिनी’मा दिपाश्री निरौला, निर्मल शर्मा (गैंडा), गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी केसीलगायतका कलाकारहरुले अभिनय रहेको छ ।अहिलेको परिस्थितिमा तीजको वेलामा माइती जान असमर्थ रहेका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरी यो म्यूजिक भिडियो तयार पारिएको बताइएको छ ।

शान्तीश्री परियार,लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ । राजु केसीको सिनेमाटोग्राफी, गजीत विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई कोरोना कहरबीच गीतमा आबद्ध कलाकारहरुको एक अनलाइन कार्यक्रम गरी सार्बजनिक गरिएको हो ।

प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय