सवारी दुर्घटनामा परी एकको मृत्यु
काठमाडौं १९ फागुन । सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा गएराति बसले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १४६० नं को बसले विपरीत दिशाबाट आउँदै गरेको स ५ प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए । घाइते महतोको लहान स्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
