ट्रम्पको सम्वोधनः म अमेरिकाको नेतृत्व गर्छु, दुनियाँको होइन

भक्तपुर न्यूज

१८ फागुन २०७३ ९:११

ट्रम्पको सम्वोधनः म अमेरिकाको नेतृत्व गर्छु, दुनियाँको होइन

एजेन्सी १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई पहिलोपटक सम्वोधन गरेका छन् । उनले अमेरिकी उत्साहलाई फेरि जगाउने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले भने, ‘आशावादको नयाँ प्रेरणा आएको छ र हाम्रो असम्भव लाग्ने सपना पूरा हुन लागेको छ । हामी अमेरिकी महानताको नयाँ च्याप्टर खोलिरहेका छौं । सम्वोधनका क्रममा ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसीप ट्रेड डिललाई खारेज गर्ने निर्णयको बचाउ गरे । उनले मेक्सिको(अमेरिका सीमामा पर्खाल लगाउने काम भइरहेको बताए ।

उनले कंग्रेसमा सांसदहरुलाई सम्वोधन गर्दै भने, ‘नयाँ प्रवासी कानून लागू हुनेछ । हामी पारिश्रमिक बढाउनेछौं । बेरोजगारी निर्मूल गर्नेछौं । अर्बौं डलरको बचत गर्नेछौं र आफ्ना जनतालाई बढी सुरक्षित बनाउने छौं । हामी चाहान्छौं कि सबै अमेरिकी सफल होउन ।
तर अराजकताको स्थितिमा यी सम्भव नहुने उनले बताए । आफूले अन्तर्राष्ट्रिय संघर्षको स्थिति नचाहेको ट्रम्पले बताए । अन्तर्राष्ट्रिय स्तरमा कुनै ठूलो मानवीय विपत्तिसँग लड्नका लागि संसारका बाँकी देशहरुको अवस्था सुधार हुनुपर्ने उनको भनाइ थियो ।

राम्रो अवस्था भए मात्रै आप्रवासीहरु आफ्नो घर फर्किन सक्ने र आफ्नो देशको पुनर्निर्माणमा सहभागी हुन सक्ने उनले बताए ।
ट्रम्पले आफू खुला व्यापारको पक्षमा रहेको उल्लेख गर्दै व्यापारमा पक्षपातको विपक्षमा रहेको बताए । उनले अतिवादी इस्लामिक आतंकवादको आलोचना गर्दै इस्लामिक स्टेटलाई समाप्त गर्ने घोषणा गरे । ‘अमेरिका फर्स्ट’को नारालाई दोहोर्‍याउँदै ट्रम्पले अन्त्यमा भने, ‘म अमेरिकाको नेतृत्व गर्छु, दुनियाँको होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *