अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

भक्तपुर न्यूज

२६ साउन २०७८ ८:३८

अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।

टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।

अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ । आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ ।

अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ । अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ ।

अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने हो ।

अनारले एन्जाइमको असर ध्वस्त पार्छ र क्यान्सरबाट जोगाउँछ । एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय