कैलालीमा विभिन्न हातहतियारसहित दुई जना पक्राउ

भक्तपुर न्यूज

२६ साउन २०७८ ७:४८

कैलालीमा विभिन्न हातहतियारसहित दुई जना पक्राउ

धनगढी । कैलाली प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले सोमबार पूर्वपश्चिम राजमार्गमा बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका-९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये चौधरीको साथबाट १२ बोर बन्दुक र त्यसको कार्टिज तथा शाहबाट पोइन्ट टुटु बन्दुक र १० राउण्ड गोली बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजना शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय