सानोठिमी क्याम्पसमा आगजनी
भक्तपुर, १७ फागुन । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा सानोठिमी शिक्षा क्याम्पसमा गएराति आगजनी भएको छ । आगजनीले क्याम्पस प्रमुखको कक्ष पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । राति १ः०० बजे क्याम्पस प्रमुखको कक्षमा आगजनी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आगजनीको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन् ।
फागुन १८ गतेको स्ववियु निर्वाचनको लागि सानोठिमी क्याम्पसमा प्रचण्ड पक्षधर अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल दर्ता भएको थियो भने अनेरास्ववियु र विप्लवनिकट अखिल क्रान्तिकारीले हिजो सहकार्य गर्ने घोषणा गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएतापनि निर्वाचनसँग सम्वन्धी सबै कागजात सुरक्षित रहेकाले फागुन १८ गते हुने स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००