परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि विद्यार्थीको प्रदर्शन

भक्तपुर न्यूज

२५ साउन २०७८ ९:२९

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि विद्यार्थीको प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिम कायम रहेको हुनाले अनलाइनबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ ।

सरकारले कोरोनाको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । १२ को परीक्षा स्थगित गरेको र अब त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने परीक्षा पनि स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।

सत्तारुढ दल काँग्रेसका नेता गगन थापाले परीक्षा स्थगित गर्न माग गरेका छन् । उनले १२ को परीक्षा रोकेको तर स्नातकको परीक्षा किन नरोकेको भन्दै सरकारलाई प्रश्नसमेत गरेका थिए ।

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *