कक्षा १२ को मात्रै परीक्षा स्थगित गरेकोमा सांसद गगन थापाको आपत्ति
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा संचालन गरेकोमा आपत्ति जनाएका छन् ।
सोमबार सामाजीक सञ्जाल ट्वीटरमा लेख्दै नेता थापाले कक्षा १२ को परीक्षा गरेर अन्य सञ्चालन गर्नुको आधार र तर्क के होरु भन्दै प्रश्नसमेत गरेका छन् । उनले यस विषयमा सरकारको धारणासमेत मागेका छन् ।
‘@PM_nepal स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो। उनले लेखेका छन् ।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
— Gagan Thapa (@thapagk) August 9, 2021
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार