आज सुनको मूल्य १ हजार रुपैँयाले घट्यो

भक्तपुर न्यूज

२५ साउन २०७८ ५:३०

आज सुनको मूल्य १ हजार रुपैँयाले घट्यो

काठमाडौं । केहि दिन देखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा १५ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२१५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय