साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको मुनाफा २५.४५ अर्ब डलर

भक्तपुर न्यूज

२५ साउन २०७८ २:४२

साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको मुनाफा २५.४५ अर्ब डलर

काठमाडौं । साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सन् २०१८ पछि यो वर्ष सबैभन्दा धेरै मुनाफा कमाएको छ।

अरामकोले चालु आर्थिक वर्षको हालसम्म २५.४५ अर्ब अमेरिकी डलर नाफा कमाइ सकेको छ। अघिल्लो वर्ष सोही अवधिको कमाइको तुलनामा यो २८८ प्रतिशतले बढी हो।

कोरोना खोप लगाउनेको संख्या बढेपछि विश्व बजार खुला हुन थालेपछि तेलको व्यापार उकालो लागेको हो। अरामकोकाअनुसार हाल विश्वभर इन्धनको माग बढ्दो क्रममा छ। एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय