एजेन्सी, १६ फागुन । ब्राजिलका महान फुटबल खेलाडी पेलेका छोराले विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्दामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो । पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो । यसलाई घटाएर १३ बनाएपछि उनी गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । सन् २०१४ मा उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो ।
४६ वर्षीय पूर्व गोलरक्षकले प्रहरीसमक्ष आत्मसम्पर्ण गर्नुअघि सान्तोषमा आफूलाई एकपल्ट फेरि आफूलाई लागु औषधको कारोबारी भनिएकोमा दुःख व्यक्त गरे । उनले मनि–लान्ड्रीङको आरोपमा सहमति जनाएपनि आफूले लागु औषधको कारोबार नगरेको स्पष्ट पार्न खोजे । एड्सनलाई फोनमा उनले गरेको वार्ताको आधारमा प्रहरीले पक्राउ गरेको थियो । उनले आफूले लागु औषध सेवन गर्ने गरेको बताउदै आफूलाई कारोबारी भन्नु अन्याय हुने बताए ।
ब्राजिललाई तीन पल्ट विश्वकप फुटबलको उपाधि दिलाएका पेलेका छोरा एड्सन सात छोरामध्येका एक हुन् । उनले २००५ मा पहिलो पल्ट प्रहरीले लागु औषध कारोबारी समूहको बीचबाट पक्राउ गरेको थियो । त्यतिबेला उनी ६ महिना जेल बसेका थिए र धरौटीमा रिहा भए । पेलेले त्यतिबेला आफ्नो छोरालाई अबोध भन्दै सुरक्षा गर्न खोजेका थिए ।
पेलेका छोरालाई १३ वर्षको जेल सजाय
0
Share.
Comments