आजबाट क्यूआर कोडसहित खोप प्रमाणपत्र वितरण गरिँदै ,यस्तो छ प्रक्रिया

भक्तपुर न्यूज

२१ साउन २०७८ ७:०७

आजबाट क्यूआर कोडसहित खोप प्रमाणपत्र वितरण गरिँदै ,यस्तो छ प्रक्रिया

काठमाडौं । सरकारले बिहीबार (आज) देखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबारे जानकारी दिँदै विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

जसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिने बताइएको छ ।

त्यसैगरी अनलाइन पोस्ट रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी प्रमाणपत्र लिन सकिनेछ ।

त्यस्तै खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपि जस्ता कागजातहरु पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साउन २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय