थप उपचारका लागि आज पुनलाई बैंकक लगिँदै

भक्तपुर न्यूज

१५ फागुन २०७३ ६:५१

थप उपचारका लागि आज पुनलाई बैंकक लगिँदै

काठमाडौं १५ फागुन । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई आज उपचारका लागि थाइल्याण्डको बैकक लैजाने तयारी गरिएको छ । केहि दिन देखि अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज बैंकक लैजान लागिएको हो ।

पुनसँगै उहाँको पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने बताइएको छ । ज्वरो आएर काठमाडौंको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराइरहे पनि निको नभएपछि थप उपचारका लागि बैंकक स्थित समिति भेज अस्पतालमा लैजान लागिएको हो ।

पार्टी कामको सिलसिलामा केही दिन अघि रोल्पा गएका नेता पुनलाई त्यहाँबाट फर्किए लगत्तैदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि जण्डिस बिग्रिएपछि पुनलाई बैंकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *