एक साता भित्र जरिवाना तिर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं १५ फागुन । निर्वाचन आयोगले नयाँ शक्ति पार्टी नेपाल लगातयका आय व्यय नबुझाएका ३० दललाई एक साता भित्र जरिवाना तिर्न निर्देशन दिएको छ । आयोगले सार्वजनिक सूचना निकालेर आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आय–व्यय नबुझाएका ३० दललाई एकसय रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको हो ।
आयोगले नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय चुरेभावर पार्टी लगायतका १९ दलले पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एकसाता भित्र जरिवाना तिर्न निर्देशन दिएको हो । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, दलित जनजाती पार्टी, नेपाली जनता दल, लगायतका ११ दललाई तोकिएको समयमा स्पष्टिकरण पेस नगरेकाले एक सय जरिवाना रकम तिर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
