एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको ओलीको आरोप
काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे ।
हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो । अध्यक्ष ओलीले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले आफनो पार्टीले ठूलो दवाव दिएपछि सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको टिप्पणी पनि गरे । अध्यक्ष ओलीले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी हुने पनि बताए । उनले मोर्चा बन्दी भएपनि एमालेले नै निर्वाचनमा विजयी हुने दावी गरे ।
अध्यक्ष ओलीले आफनो पार्टीलाई हात्तिको संज्ञा दिँदै स्यालहरुले शिकार गर्नैर् नसक्ने गरे । उनले निर्वाचन गराउने र बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने पार्टीको सपना साकार पार्ने पनि उल्लेख गरे ।