चिर्पट प्रहार गरी पूजारीको हत्या
महोत्तरी, १४ फागुन । महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए। शाहीको शव परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२