मोबाइल फोनसहित इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर बनाइयो टोक्यो ओलम्पिकको मेडल

भक्तपुर न्यूज

१९ साउन २०७८ ८:०९

मोबाइल फोनसहित इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर बनाइयो टोक्यो ओलम्पिकको मेडल

काठमाडौं । खेलहरूको महाकुम्भ ओलम्पिकमा जितिने पदक अन्य अन्तर्राष्ट्रिय खेलहरूमा जितिने पदकभन्दा धेरै महत्त्वपुर्ण हुने गर्छ । विशेषगरी एथ्लेटिक्स खेलाडीका लागि ओलम्पिकको पदक अझ ठूलो सपना हो ।

यो पटक जापानमा भइरहेको ओलम्पिकका विजेताहरूले पाउने मेडल झनै खास बनेको छ । यसवर्ष ओलम्पिकका स्वर्ण, रजत र कास्य पदकहरू काम नलाग्ने मोबाइल लगायत अन्य इलेक्ट्रोनकि डिभाइसबाट बनाइएको छ ।

सो मेडलको लागि दुई वर्ष लगाएर टोक्यो ओलम्पिक आयोजक कमिटिले करिब ७८ हजार ९८५ टनको इलेक्ट्रोनिक डिभाइस संकलन गरेको थियो, जसमा ६० लाख २१ हजार वटा मोबाइल रहेका छन् ।

यी इलेक्ट्रोनिक डिभाइसबाट जापानले पाँच हजार ओलम्पिक मेडल बनाएको छ । ओलम्पिको इतिहासमा धातुलाई रिसाइकल (पुनः नवीकरण) गरेर मेडलहरू बनाइएको यो पहिलो पटक हो । त्यस्तै यी मेडल बनाउन सामान्य मान्छेहरू प्रयोग भएको पनि यो पहिलो पटक हो ।

यो वर्षका मेडलहरू टोक्यो ओलम्पिकको रिसाइकल क्याम्पेनको एउटा पाटोको रुपमा हेरिएको छ । यो पटकको ओलम्पिकका सहभागीका लागि तयार गरिएको आवासमा पनि रिसाइकल गरिएका कार्डबोर्डहरू प्रयोग भएको छ ।

प्रकाशित मितिः २०७८ साउन १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय