ट्रम्पको आलोचना गर्ने मिडियालाई ह्वाइट हाउसमा प्रवेश निषेध

भक्तपुर न्यूज

१४ फागुन २०७३ ९:३२

ट्रम्पको आलोचना गर्ने मिडियालाई ह्वाइट हाउसमा प्रवेश निषेध

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरिरहेका अमेरिकी मिडियाका सम्बाददातालाई ह्वाइट हाउसमा प्रवेश रोक लगाइएको छ । शुक्रबार ह्वाइट हाउसका प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन लगायतका चर्चित मिडियाका बरिष्ठ सम्बाददातालाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइयो । ट्रम्पका नीतिप्रति उदारभाव राख्ने मिडियालाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो । ह्वाइट हाउसका बिषयमा बर्षौंदेखि रिपोर्टिङ गरिरहेका बरिष्ठ सम्बाददाताहरुलाई पत्रकार सम्मेलन कक्षभित्र प्रवेश गर्ने क्रममा सूचीमा उनीहरुको नाम नभएको भन्दै रोकिएको थियो । ह्वाइट हाउसको अपमानजनक नीतिप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका केही मिडियाले पनि पत्रकार सम्मेलन बहिस्कार गरेर बाहिरिए । ‘ह्वाइट हाउसको अस्वीकार्य ब्यबहार हो,’ सीएनएनले बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुलाई मन नपर्ने तथ्यहरु प्रकाशन गर्दा ट्रम्प प्रशासनले कस्तो ब्यबहार गर्छ भन्ने यो बलियो उदाहरण हो । तर हामी रिपोर्टिङ गरिरहन्छौं ।’ रिपोर्टिङका दौरान ह्वाइटहाउसबाट अहिलेसम्म यस्तो निच ब्यवहार कहिल्यै नभोगेको भन्दै अन्य मिडियाहरुले पनि आलोचना गरेका छन् । ट्रम्पका नीतिको आलोचना गरेका मिडियाहरुलाई ट्रम्पले सार्वजनिक रुपमै ‘फेक न्यूज मिडिया’ अर्थात नक्कली समाचार छाप्ने मिडिया भन्दै सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *