महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फेरि ‘हेर्न नभ्याइने’ मा

भक्तपुर न्यूज

१८ साउन २०७८ १०:४८

महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फेरि ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फेरि ‘हेर्न नभ्याइने’ मा परेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सोमबार पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो। ठाकुरको रिट आइतबार पनि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएर हेर्न नभ्याउनेमा परेको थियो ।

निर्वाचन आयोगले गत साउन ११ गते कार्यकारिणी सदस्यको सनाखत गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगको निर्णयविरुद्ध साउन १५ गते ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै बेला पनि ठाकुरले कार्यकारिणी सदस्यको सनाखत रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए। यसमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो।

अहिले दुवै रिटलाई एकैपटक सुनुवाइ गर्न लागिएको हो ।

प्रकाशित मितिः २०७८ साउन १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय