सुन एक सयले महँगियो
काठमाडौं, १२ फागुन । आज सुन तोलामा १ सय रुपैयाँले बढेको छ। हिजो तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर ५५ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएको छ ।
चाँदी भने स्थिर रहेको छ। हिजो प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
