काठमाडौं । लेष्टर सिटीका विंगर मार्क अल्ब्राईटनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । विंगर मार्कले २०२४ सम्म क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् । लेष्टरले ३१ वर्षीय विंगरले सम्झौता नवीकरण गरेको पुष्टि गरेको छ ।
इंग्लिस फुटबलर मार्क सन् २०१४ मा एस्टन भिल्लाबाट लेष्टर आएका थिए । लेष्टरका लागि मार्कले २ सय ५३ खेल खेलेका छन् ।
गत सिजन उनले ३१ खेलमा १ गोल गरेका थिए । मार्कले लेष्टरबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १६ शनिबार
Comments