प्याब्सनमा सम्बाहाम्फेको प्यानल निर्वाचित
काठमाडौं, ११ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको काठमाडौंमा भएको १३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । महाधिवेशनमा सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छन् ।
गएराति सम्पन्न मतगणनामा सम्बाहाम्फेले निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीलाई १२० मतले पराजित गरेका हुन् । माओवादी केन्द्र निकट सम्बाहाम्फेले ८७१ र एमाले निकट पुरीले ७५१ मत पाए । निर्वाचनमा कुल एकहजार ६२३ मत खसेको थियो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएका छन् । महासचिवमा राजेन्द्र बानियाँ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९