‘भाइजान’ र ‘पठान’ एकैदिन दर्शकमाझ

भक्तपुर न्यूज

१३ साउन २०७८ ११:२६

‘भाइजान’ र ‘पठान’ एकैदिन दर्शकमाझ

काठमाडौं । बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन् । यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन् । यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि ‘लक’ गरेका छन् । यो फिल्मको नाम परिर्वतन गरेर अहिले ‘भाइजान’ राखिएको छ ।

सलमान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले हालैमात्र फिल्म ‘भाइजान’को सुटिङको सेड्युल र रिलिजको मिति तोक्नका लागि भेट गरेका थिए । उनीहरु दुवैले फिल्म सन् २०२२ को दिपावलीमा रिलिज गर्ने सहमति जनाएका छन् ।

फिल्मको स्क्रिप्ट कमेडीमा आधारित रहेको र पारिवारिक फिल्म भएकाले दिपावली उपयुक्र्त समय हुनेमा सलमान र साजिद सहमत छन् । ‘भाइजान’को निर्देशन फरहाद समजीले गर्नेछन् । फिल्ममा सलमानको अपोजिटमा पहिलोपटक दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिँदैछिन् ।

सलमानले फिल्मको मिति सार्वजनिक गरिरहँदा शाहरुख खानको प्रतिक्षित फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदैछ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमको अभिनय रहनेछ । फिल्मको हाल छायांकन भइरहेको छ ।

प्रकाशित मितिः २०७८ साउन १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय