काठमाडौं । टोकियो ओलम्पिकमा १३ वर्षिय जापानिज खेलाडी मोमिजी निशीयाले स्ट्रिट स्केटबोर्डिङ्गमा गोल्ड मेडल जितेकी छन् । उनले ब्राजिलकी रेस्सा लेअल र जापानकै फुना नाकायामालाई पछि पार्दै मेडल जितेकी हुन् ।
उनले १५.२६ अंक प्राप्त गर्दै गोल्ड मेडल जितेकी हुन् भने ब्राजिलियन लेअलले १४.६४ अंकसहित सिल्भर मेडल जितिन् । यससँगै १३ वर्षिय मोमिजी महिलातर्फ ओलम्पिकको स्केटबोर्डिङ्गमा गोल्ड मेडल जित्ने पहिलो ओलम्पियन बन्दै इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।
स्केटबोर्डिङ्गलाई यसै संस्करणदेखी ओलम्पिकमा राखिएको थियो जसमा शनिबार भएको प्रतिश्पर्धामा जापनकै युतो होरिगोमले पनि गोल्ड मेडल जित्दै इतिहास बनाएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ११ सोमबार
Comments