हत्या आरोपमा पक्राउ परेकालाई रिहा गर्न उत्तर कोरियाको माग
एजेन्सी ११ फागुन । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई तत्काल रिहा गर्न मलेसियासँग माग गरेको छ।
क्वालालाम्पुरस्थित उत्तरकोरियाली दूतावासले बुधवार विज्ञप्ति जारी गर्दै पक्राउ परेका भितनामी, इन्डोनेसियन र उत्तर कोरियाली नागरिक निर्दोष रहेकाले उनीहरूलाई रिहा गर्न माग गरेको हो।
अघिल्लो हप्ताको सोमबार मकाउ जान लागेका नामको क्वालालाम्पुर विमानस्थलमा हत्या गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेर मलेसियाली प्रहरीले अनुसन्धान गरिरहेको छ। यही घटनालाई लिएर उत्तर कोरिया र मलेसियाको कुटनीतिक सम्बन्धमा पनि दरार आएको छ। मलेसियाली प्रहरीले भने दूतावासका उच्च अधिकारीसहित एयरलाइन्सका कर्मचारीलाई पनि सोधपुछ गर्नुपर्ने बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३