काठमाडौं । इंग्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् ।
कानूनी कारणले ३१ वर्षका खेलाडीको नाम सार्वजनिक गरिएको छैन । ती खेलाडीलाई गएको शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो ।
वक्तव्य जारी गरेर ती खेलाडीको क्लबले उनी निलम्बनमा परेको उल्लेख गरेको छ । अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने र यो विषयमा थप टिप्पणी नगर्ने क्लबको वक्तव्यमा उल्लेख छ ।
ती खेलाडी शुक्रबार पक्राउ परि त्यसपछि धरौटीमा रिहा भएको र अनुसन्धान भने जारी रहेको उल्लेख छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ०६ बुधबार
Comments