एमालेले सस्तो लोकप्रियताको लागि अनावश्यक बखेडा झिक्यो : वन मन्त्री भण्डारी

भक्तपुर न्यूज

८ फागुन २०७३ ७:१४

एमालेले सस्तो लोकप्रियताको लागि अनावश्यक बखेडा झिक्यो : वन मन्त्री भण्डारी

भक्तपुर, ८ फागुन । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा गलत प्रचार गरिरहेको आरोप लगाउनुभयो ।
सरकारले निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको अवस्थामा निर्वाचनप्रति कसैले पनि शंका गर्न नहुने भन्दै उनले भने मधेशवादी दलहरुलाई समेत समेटेर निर्वाचन सम्मपन्न गर्ने बताए । उनले भने निर्वाचन सबैका लागि अनीवार्य भएकाले सरकारले जहिले पनि मिति घोषण गर्न सक्ने बताए । उनले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र संवाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन तहको निर्वाचन भइसक्ने दाबी गरे ।
उनले सरकार निर्वाचनको तयारीमा लागिपरेकाले जेठमा स्थानीय तहको निर्वाचन नहुनेमा शंका नगर्न आग्रह गरे । उनले दोस्रो जनआन्दोल संबिधान निमार्णमा एमालेको भूमिका अहंम रहेकाले निर्वाचन निर्वाचनका लागि समेत भूमिका महत्वपूर्ण रहेको बिश्वास ब्यक्त गरे । एमालेले सरकारको नभई प्रमुख प्रतिपक्षको नाताले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले मुलुकमा धार्मीक पक्षका नाममा वन अतिक्रमण भइरहेकाले अतिक्रमणलाई रोक्न सरकारले बिशेष कार्यक्रम ल्याउन थालेको बताए । देशभरी भइरहेको वन अतिक्रण रोक्न सरकारले विशेष रुपमा योजना बनाएर अगाडि बढिरहेको समेत जानकारी दिए ।
भण्डारीले भक्तपुरमा वन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य अगाडि बढिरहेकोसमेत जानकारी दिए । उनले प्राणी उद्यानलाई चाँडोभन्दा चाँँडो पूर्णता दिन सरकार लागि परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *