सञ्चारमाध्यममाथि खनिए ट्रम्प
काठमाडौं ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा एक र्यालीलाई सम्बोधन गर्दै सञ्चार माध्यामहरुको पुनः चर्को आलोचना गरेका छन् ।
उनले आफ्ना समर्थकलाई भनेका छन् कि सञ्चार माध्यमहरुले सही समाचार प्रस्तुत गरिरहेको छन् र, आफ्नो एजेण्डाका लागि काम गरिरहेका छन् । फ्लोरिडा राज्यको मेलबर्नमा ट्रम्पको भाषण सुन्न मानिसहरुको त्यस्तै भिड लागेको थियो, जस्तो चुनाव प्रचारका क्रममा हुन्थ्यो । र, उनले पनि चुनावी अभियानकै शैलीमा सम्बोधन गरे ।
मिडियाले बेइमानी गरेको भन्दै ट्रम्पले उनीहरुको वास्तविकता बाहिर ल्याउन जारी राख्ने बताए । साथै आफूले सञ्चार माध्यममार्फत नभई सिधै जनतासँग कुरा गर्न चाहेको बताए । राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित राख्ने र सीमा बलियो बनाउने बाचा दोहोर्याएका छन् । यो र्याली हृवाइट हाउसले नभई ट्रम्पका समर्थक आफैंले आयोजना गरेका थिए ।