काठमाडौँ । aनेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थानमाथि उक्लेको हो ।
नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा रहेको थियो ।
दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा माथि ५७ औं स्थानमा रहेको छ । दक्षिण एसियाका अन्य देशमध्ये बंगलादेश १ सय ३७ औं, श्रीलंका १ सय ४३ औं, माल्दिभ्स १ सय ४४ र भुटान १ सय ६१ औं स्थानमा रहेको छ ।
विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो, स्विडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०७८ असार १२ शनिबार
Comments