सरकार निर्वाचन चाहाँदैन भने पदमा बस्नुको औचित्यता छैन् ः एमाले सचिव भट्टराई

भक्तपुर न्यूज

६ फागुन २०७३ ७:२४

सरकार निर्वाचन चाहाँदैन भने पदमा बस्नुको औचित्यता छैन् ः एमाले सचिव भट्टराई

भक्तपुर, ६ फागुन । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईले सरकार निर्वाचन चाहाँदैन भने पदमा बस्नुको औचित्यता नभएको बताएका छन् । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताए ।
संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु वा दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिँर्दै चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्यता नभएको उनले बताए । संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको उनको टिप्पणी छ ।
आजको ब्यवस्थापीक संसद हिजोका संविधानसभाले मधेशवादी दलको एजेन्डलाई अस्वीकार गरेको बताउँदै मधेशवादी दलले पनि चुनावमा भाग लिएर आप्mना एजेन्डा टेष्ट गर्न उनले आग्रह गरे । मधेशवादी दलको तागत र संख्या नपुगेकाले संविधानसभाको एजेन्डा विफल बनाएर जनादेश ल्याएर संविधान संशोधन गर्न उनले आग्रह गरे ।
संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै संशोधन तुल्सीको बोटमा सास ढुकढुकी भएको अवस्थामा पुगेको बताए । उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको हित बिपरित भएको र आवश्यकता नभएको बताए । उनले संविधान संशोधन प्राकृतिक हिसावले मरिसकेको र प्राविधिक हिसावले ढुकीढुकी रहेको संशोधन ब्यवस्थापीका संसदको शैयामा सुताइएकाले निर्वाचनको माध्यमबाट आउँदो ब्यवस्थापीक संसदबाट सो विध्येकलाई अगाडि बढाउन उनको भनाई छ ।
निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नुपर्ने भन्दै हिंसामा विश्वास नगरी अहिंसामा विश्वास गर्ने र शान्ति प्रक्रियामा भाग नलिने त्यस्ता पार्टी संवैधानीक हिसावले विफल हुने दावी गरे ।
शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरु निर्वाचनदेखि नभाग्ने बताउँदै ब्यवस्थापीक संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गरे । मुलुकको राजनीतिक स्थायीत्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्नेमा सरकारले आलटाल गरिरहेको र यो सबैका लागि घातक रहेको बताए ।
स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयाोग गठन, निर्वाचनसँग सम्बन्धीत कानुनहरु निर्माण गर्ने कामसहित निर्वाचनको वातावरण तयार गर्नु पर्नेमा जोड दिए । एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने उनको भनाई छ । उनले भने निर्वाचन नै सबैको मेलको बिन्दु भएकाले यसको बिकल्प अन्य छनै ।
एमालेको सम्पन्न पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिँर्दैै सरकारले बैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने उनले बताए । सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनको भनाई छ ।
आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने समेत दाबी गरे । उनले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *