टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौं । गोकणेश्वर नगरपालिका–९ जगडोलमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।
आज बहान साढे ६ बजे बा ४ ख ८२२९ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको हो ।
ठक्कर दिने टिपर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७८ असार ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
