शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१.६५ अंकको गिरावट

भक्तपुर न्यूज

९ असार २०७८ १२:४०

शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१.६५ अंकको गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१.६५ अंकको गिरावट आएको छ । अघिल्लो हप्ता उच्च अंकले वृद्धि हुँदै कीर्तिमान बनाएको नेप्स पछिल्ला दिन ओरालो लागेको छ । हिजो ७९ अंकले वृद्धि भइ थामिएको नेप्से आज ५१.६५ अंकले घट्दै २८ सय ६२.१८ अंकको विन्दुमा आइपुगेको छ ।

आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब ३६ करोडको कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३७ अंकले घटदै ५२८.९७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटै समूहगत सुचाङ्क घटेका छन् । जीवन बीमा समूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.४२ अंकले घटेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स २८०.१२ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह २८.५४ अंक, व्यापार समूह ५५.५६, होटल तथा पर्यटन समूहको ६९.७७ अंक, विकास बैंक समूहको १६०.६६ अंक, उत्पादनमुलुक समूहको १२१.१३ अंक, लघुवित्त समूहको १००.३२ अंक, वित्त समूहको ६७.४४ अंक र जलविद्युत समूहको ७१.४९ अंकले बढेको छ ।

राधी जलविद्युत कम्पनीका लगानीकर्ता समूहको सबैभन्दा धेरै ९.७१ प्रतिशतले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.६ अंकले गुमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ५४ करोड ३० लाख कारोबार गरेको छ ।

प्रकाशित मितिः २०७८ असार ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय