रोकिएका परीक्षा साउनको पहिलो हप्तादेखि सञ्चालन गर्ने त्रिविको तयारी

भक्तपुर न्यूज

९ असार २०७८ ५:००

रोकिएका परीक्षा साउनको पहिलो हप्तादेखि सञ्चालन गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष पुरानो समूह को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

बाहिर हल्ला भएजस्तो परीक्षा तालिका भने सार्वजनिक भइनसकेको परीक्षा नियन्त्रक पुस्पराज जोशीले बताए । उनका अनुसार बोर्ड यसबारेमा छलफलको क्रममै छ ।

हामीले साउन ५ र १० गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेका हौँ, जोशीले भने, बाहिर तालिका नै सार्वजनिक भयो भनेर आएका समाचार फेक हुन् । यसबारे हामी बोर्डबाट पास गराएर केही दिनपछि मात्रै नोटिस सूचना निकाल्छौँ ।

प्रकाशित मितिः २०७८ असार ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *